May 28, 2013

अर्को जन्ममा म देवता हुन्छु : हरिवंश आचार्य


अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु
सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु
धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरबाद गराउँछु।





अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु
पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु
एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु
हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।।

                                                                                                                    - हरिवंश आचार्य

एउटा जिमेल एकाउन्टबाट हजारौँ इमेल आईडि बनाउने उपाए | Trick To Use Multiple Email IDs For Single Gmail Account

Gmail मा एकपटक Sign Up गर्दा कतिओटा जिमेल आईडि पाईन्छ ?
एउटा ? .......... दुईओटा ? .......... दशओटा ? .......... सयओटा ? .......... वा हजारओटा ? .......... कि यो भन्दा पनि धेरै ??

पक्कै पनि तपाईहामीमध्ये प्राय: सबैले दिने जवाफ हुन्छ - एउटा ! तर तपाईहरुलाई सुन्दा अचम्म लाग्छ होला, एउटा जिमेल एकाउन्ट बनाईसकेपछि हामिले लाखौँ , करोडौँ ईमेल आईडि पाँउछौँ । तर कसरी पाईन्छ त ? आउनुस यसबारे तीनओटा महत्वपूर्ण जानकारी लिईराखौँ ।
१. Gmail ले "." (dot) लाई गन्दैन ।

तपाईको जिमेल आईडि को बिचमा "." (dot) छ भने जिमेलले यसलाई गन्दैन ।
जस्तै: तपाईको ओरिजिनल जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र ति जस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
s.anosansar@gmail.com
sa.nosansar@gmail.com
san.osansar@gmail.com
sano.sansar@gmail.com
sanos.ansar@gmail.com
sanosa.nsar@gmail.com
sanosan.sar@gmail.com
sanosans.ar@gmail.com
sanosansa.r@gmail.com
s.anosansa.r@gmail.com
आदि ईत्यादि !
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com) को ईनबक्समा आईपुग्छन ।

२. gmail.com र googlemail.com एउटै हुन् ।

मानौँ तपाइको जिमेल आईडि sanosansar@gmail.com छ भने sanosansar@googlemail.com लाई पनि तपाईले आफ्नो ईमेल आईडिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

३. Gmail ले '+' (plus) पछाडिका अक्षरहरुलाई गन्दैन ।

Gmail ले '+' पछाडिका कुनै पनि अक्षरहरुलाई गन्दैन । त्यसैले, तपाईको जिमेल आईडि sanosansar@gmail.com छ भने तल दिईएका र तिजस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
sanosansar+abcd@gmail.com
sanosansar+apple@gmail.com
sanosansar+facebook@gmail.com
sanosansar+123@gmail.com
sanosansar+contact@gmail.com
sanosansar+nepal@gmail.com
sanosansar+admin@gmail.com
sanosansar+tricks@gmail.com
sanosansar+friend@gmail.com
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (sanosansar@gmail.com)को ईनबक्समा आईपुग्छन ।

उपयोगिता :

जिमेलले नगनेतापनि अरु धेरै साईटले '.' , '+' आदिलाई मान्यता दिनेहुदाँ जिमेलका यि फिचरहरुको प्रयोग गरेर हामीले एउटै ईमेल आईडिबाट कुनै पनि साईटमा एकभन्दा धेरै एकाउन्टहरु बनाउन सक्छौँ । यो नै यसको सबैभन्दा महत्वपूर्ण फाईदाको कुरा हो

Feb 5, 2013

पति पत्नी कहिल्यैपनि सँगै खाना नखाने प्रथा



के तपाइँलाई विश्वमा रहेको यस्तो समाजको बारेमा थाहा छ, जहाँ रगत पिउनुलाई निकै पवित्र मानिन्छ ? के तपाइँलाई विश्वको यस्तो देशको बारेमा थाहा छ जहाँ पति पत्नी कहिल्यैपनि सँगै खाना खाँदैनन् ? छैन भने अब थाहा पाउनुहुनेछ । यहाँ हामीले विश्वको त्यस्तो रहस्यमय देश तथा त्यहाँको प्रथाका बारेमा जानकारी प्रस्तुत गरेका छौँ जुन पढेर तपाइँ छक्क पर्नुहुनेछ ।

हो, इथियोपियाको दक्षिणी इलाकामा बस्ने बोदी जनजातीहरुको नयाँ वर्ष मनाउने काइदा नै बेग्लै छ । उनीहरु गाइ मारेर नयाँ वर्ष मनाउँछन् । ठूलो ढुंगाले गाइको टाउकोमा हानेर मार्ने गरिन्छ । त्यसपछि उसको सरीर च्यातेर रगत पिइन्छ ।


त्यस्तै काँसो जनजाती इथिओपियाको धनी जनजातीमध्येको एक मानिन्छ । यहाँका महिला केवल सेतो रंगको स्कर्ट मात्र लगाउँछन् । यद्यपि आधुनिकता सँगै उनीहरुले अरु लुगा समेत लगाउन थालेका छन् ।


 इथिओपियाको कोरचो कारो गाउँस्थित ओमा नदीको किनारामा बस्ने ओरका र नयांनगाटोम नामका जनजाती बस्छन् । यी दुर्इ जनजाती बीचमा प्रायः लडाइँ भैरहन्छ र कहिलेकाहीँ त मर्ने मार्ने अवस्थासम्मै पुग्छन् ।

त्यस्तै एक जनजाती समाजमा युवतीहरुको कौमार्य अर्थात् भर्जिनिटी सबैभन्दा ठूलो मानिन्छ । विवाहअघिको सेक्स सबैभन्दा ठूलो अपराध मानिन्छ । अझ रोचक कुरा त के भने विवाह पछि पनि लोग्ने स्वास्नीले एकैठाउँ बसेर खाना खान पाउँदैनन् ।

शरीर लाई सुन्दर बनाउने १२ उपायहरु



सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः

१ . कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।
२ . यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन ।
३ . यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
४ . दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ ।
५ .  सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।
६ .  कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम ९हाडे बदाम० को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ ।
७ .  मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन ।
८ .  नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
९ .  धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ ।
१० . हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
११ .  तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
१२ .  यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।